विदेशी कलेजका सबै कोर्स नेपालमा «

विदेशी कलेजका सबै कोर्स नेपालमा

विदेशमा पढाइ हुने कोर्स नेपालमा उपलब्ध छन्, तर नेपाली विद्यार्थी लाखौं खर्च गरेर त्यही कोर्स पढनका लागि विदेश गइरहेका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरको विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भइसकेका छन् । बेलायत र अमेरिकाका प्रसिद्ध कलेजले कोर्समा राखेका शैक्षिक कार्यक्रम नेपालमा पनि उपलब्ध छन् । कतिपय कलेजले त शिक्षकसमेत विदेशकै कलेजबाट ल्याएका छन् । तिनै कोर्स र तिनै शिक्षकले पढाउने विषयका लागि बर्सेनि नेपाली विद्यार्थी लाखौँ खर्च गरेर विदेश गइरहेका छन् । उच्च शिक्षाका लागि विदेश जाने मोह विद्यार्थीमा घटेको छैन । निजीस्तरमा खुलेका अधिकांश कलेजले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान लगायतका देशमा सञ्चालनमा रहेका विषय नेपालका कलेजले नै उपलब्ध गराउन थालेका छन् । शिक्षा मन्त्रालयका अनुसार ०७२-७३ मा ३२ हजार ४८२ विद्यार्थीले वैदेशिक शिक्षाका लागि नो अब्जेक्सन लेटर लिएका छन् ।
तर प्लस ‘टु’ पछिको शिक्षाका लागि विदेशी कलेज सरह शिक्षा नेपालमा नै उपलब्ध हुन थालेको छ । शिक्षा क्षेत्रमा विज्ञहरू उच्च शिक्षाका लागि विदेश जानु पर्ने अवस्था नरहेको र नेपालमा बसेर विदेशी विश्वविद्यालय सरहको गुणस्तरीय शिक्षा हासिल गर्न सकिने दाबी गरिरहेका छन् । नेपालमा हाल स्थापनाको चरणमा रहेको खुला विश्वविद्यालयसहित १० वटा विश्वविद्यालय छन् । ती सञ्चालनमा रहेका विश्वविद्यालय र तिनीहरूबाट एफिलेसनमा विभिन्न कलेजले विदेशी कोर्स नेपालमा नै पढाइरहेका छन् । यसरी स्थापना भएका विश्वविद्यालयले लगभग ४ दर्जन विषयमा अध्ययन अध्यापन गराउँदै आइरहेका छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक पंकज जलान आईटी र व्यवस्थापन विषयमा विदेश गएर पढनु पर्ने बाध्यता नरहेको बताउँछन् । “विदेशी विश्वविद्यालयको शिक्षा सर्वलुभ र सस्तोमा नेपालमा उपलब्ध हुन थालेको छ ।” उनी प्रश्न गदै भन्छन्, “नेपालमा विदेशी कलेज कै कोर्स पढाइ हुन्छ भने किन विदेश जाने ?” शिक्षा विज्ञ र कलेज सञ्चालक व्यवस्थापन, साइन्स संकायका विभिन्न कोर्स विदेशी कलेजको स्तरमा नेपालमा नै उपलब्ध भइसेको बताउँछन् ।
नेपालमै बसेर बेलायती विश्वविद्यालयहरूको डिग्री चाहने विद्यार्थीका लागि ब्रिटिश कलेजले नेपालमा नै बेलायती वातावरणमा शिक्षा प्रदान गरेको छ । विद्यार्थीले बेलायतमा अध्ययन-अध्यापन हुने शिक्षा नेपालमा नै पाउने गरी व्यवस्था मिलाइएको कलेजको दाबी छ । “बेलायतमा ५० लाख रुपैयाँभन्दा बढी अध्ययन खर्च लाग्ने बीएससी (हन्स) कम्प्युटिङ कोर्स यहाँ १२ लाख रुपैयाँकै हाराहारीमा पढ्न सकिनेछ ।” ब्रिटिस कलेजका मार्केटिङ एण्ड पीआर म्यानेजर सुमन श्रेष्ठ भन्छन् । “यहाँ विद्यार्थीले अध्ययन गरेको अनुभव, एकेडेमिक स्ट्यान्डर्ड र प्रोग्राम डेलिभरी युके क्वालिटी असुरेन्स एजेन्सीको क्वालिटी कोडमा आधारित भएर गणुस्तर मापन गरिन्छ ।” विद्यार्थीले चाहेमा कुनै सेमेस्टरमा अध्ययन क्रेडिट ट्रान्सफर गरेर युकेमा नै आफ्नो डिग्री पूरा गर्ने मौका पनि प्राप्त गर्छन् । विभिन्न शैक्षिक संस्थामा आबद्ध युके तथा नेपालका ठूला कम्पनीहरूबाट रेगुलर गेस्ट लेक्चरर तथा स्पिकरहरूले पनि कक्षा लिइरहने भएकाले विद्यार्थीको ज्ञानको क्षितिज फराकिलो हुने कलेजको भनाइ छ ।
सन् २०११ मा स्थापना भएको पे्रसिडेन्टल कलेज अमेरिककाको वेस्टक्लिफ युनिर्भसिटिको एफिलेसनमा नेपालमा बीबीए र एमबीए सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट पढाइका साथसाथै ब्यावहारिक शिक्षासमेत लिने कलेजको दाबी छ । स्वदेशमा नै अमेरिकनभन्दा पनि सस्तो मूल्यमा अमेरिकन डिग्री लिन चाहनेका लागि प्रेसिडेन्टल कलेज उपयुक्त भएको कलेजको भनाइ छ । कलेजले अमेरिकन एमबीए र बीबीएको कम्प्युटर बेसमा पढाइ हुनुका साथै जब खोज्दिनसमेत सहयोग गर्छ ।
हेराल्ड कलेज काठमाडौँमा विद्यार्थीहरूले बेलायतको बीबीए तथा आईटी डिग्री हासिल गर्ने मौका पाउँछन् । अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधार, विश्वव्यापी रूपमा प्रयोग गरिने शैक्षिक प्रणाली तथा व्यवस्थापनले यस कलेजलाई अन्य कलेजभन्दा भिन्न बनाएको छ । अन्तराष्ट्रियस्तरको पढाइले गर्दा कलेजका विद्यार्थी नेपालमा मात्रै नभएर विश्वको जुनसुकै देशमा उत्कृष्टता हासिल गर्न सफल भएको सो कलेजका मार्केटिङ एक्जुकेटिब निखिलराज श्रेष्ठ बताउँछन् ।
हाल निजीस्तरबाट सञ्चालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउन प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन थालिएको छ । नेपालमा रहेका विश्वविद्यालयबाट नभई विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रका कलेजले कोर्स सञ्चालन गरिरहेका छन् । निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ । सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन सबै कलेज अहिले प्रतिस्पधाकै रूपमा लागेका छन् । राजनीति, अन्य दबाबमा नभएका कारण र नियमित पठनपाठन गरिने हुँदा हाल निजी कलेज विद्यार्थीमा विद्यार्थीको आकर्षण बढेको छ । निजी कलेज सरकारी कलेजको तुलनामा महंगा हुने भए पनि विद्यार्थीले निजी कलेज नै रोज्न थालेका छन् । अभिभावकमा पनि जसरी भए पनि छोराछोरीलाई निजी कलेज नै पढाउन चाहन्छन् ।
हुन त निजीमात्र नभएर इन्जिनियरिङ, मेडिसिन, वन, कृषिजस्ता विषय महँगा विषय अध्ययनका लािग विद्यार्थीले सरकारी क्याम्पस पनि रोज्ने गर्दछन् । निजी कलेज महँगो हुने भए पनि सरकारले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा समेत सुरू नगरेको ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) सञ्चालन अनुमति निजी कलेजहरूलाई दिइएको छ । त्यस्तै धेरैको रोजाइमा पर्ने बीबीए त्रिविका दुई आंगिक क्याम्पसमा सञ्चालित छन् भने निजी १५ कलेजमा सञ्चालन भइरहेको छ ।
औद्योगिक क्षेत्र र समुदायको सहकार्य, नवीनता र प्राज्ञिक सर्वोत्कृष्टतालाई कान्तिपुर सिटी कलेजले शैक्षिक कार्यमा आफ्नो मूल मान्यता मानेको छ । शिक्षा, तालिम, सञ्जाल र व्यावसायिक विकास, अनुसन्धान र विश्व एजेन्डामा नवीनता यस कलेजको लक्ष्य छ ।
नेपालमा हाल स्नातक तहमा बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), हस्पिटालिटि (बीएच), हेन्थ केयर (बीएचसी), साइन्स इन इन्फरमेसन टेक्नोलाजी (बीएसआईटी), टेक्नोलोजी (बीटेक), ट्राभल एन्ड टुरिजम (बीआईटीटी) र मेनेजमेन्टतर्फ धेरै विषय विद्यार्थीको रोजाइमा परेका छन् । यसरी नै करर्पोरेट क्षेत्रलाई आप्mनो करियर बनाउनेका लागि व्यवस्थापन संकायमा स्नातक तहमा विदेशी विश्वविद्यालयको कोर्सअनुसार बीबीए, बीबीएम, हस्पिटालिटि मेनेजमेन्ट, इन्फरमेसन मेनेजमेन्ट लगायतका विषय पढाइ भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्