रातोबंगला र शिक्षा मन्त्रलायसँग एनसेलको सहकार्य «

रातोबंगला र शिक्षा मन्त्रलायसँग एनसेलको सहकार्य

एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय र रातो बङ्गला फाउण्डेसन सँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिनदिने सम्मेलन सोमबार समापन भएको छ । उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षीकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिकबाल्यकाल विकास विधिमा केन्द्रितहुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षकशिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो ।
शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदानगर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेलको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षासम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धितसीप प्रशिक्षण र प्रारम्भिकशिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमापनि महत्वपूर्ण भुमिका खेल्नेछ ।
सम्मेलनशनिवार शुरु भएको थियो ।“२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीयशिक्षामा समानपहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिलगर्न सकिन्छ । गरेर सिक्ने विधिमाजोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागिअति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा प्रमुखअतिथीका रुपमाबोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरीराज मणि पोखरेलले भने ।
सोमबार आयोजनाभएको समापन समारोहमाप्रतिनिधि सभाकाशिक्षातथा स्वास्थ्य समितिका सभापतिजयपुरी घर्तिको उपस्थिती रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारकालागिनीतिगततहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागिशिक्षकशिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाकाविकासकालागिकक्षाकोठा लगेर बाड्न सुझाइन् ।
“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने । “आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदानगर्दै उहाँहरुलाई अझ सशक्त बनाउन सहयोग पुप्याउन माएनसेलको यो सहकार्य केन्द्रित रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेन मार्फत स्थानियतहकाशिक्षकशिक्षिका सम्मपुगीउनीहरुलाईसिपसिकाईकाअवसरहरु प्रदानगर्नु हाम्रो उदेश्यहो ।”
“अन्तर्राष्ट्रिय सिकाई पद्धती, हाम्रा स्थानिय कक्षाकोठाहरु सम्म पुर्याउनु र यसका लागि शिक्षकशिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,”रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्तादीक्षितले भनिन् । “सार्वजनिकतथानिजी क्षेत्रकादुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षाप्रवर्धन गर्नको लागि यो सम्मेलनउत्कृष्टप्लेटफर्म बन्यो ।साथै ३०० सामुदायिकविद्यालयकाशिक्षकशिक्षिकाहरुलाई यस सम्म्लेलनमा भाग लिनका लागि दर्तामा सहगोग गर्न सहकार्य गरेकोमा एनसेल प्रति हामी आभारी छौं र अबएनसेलसँगको सहकार्यमानै हामीप्रदेश तहमा यस सम्मेलन पश्चात आयोजनाग र्ने योजनामा रहेकासाना सम्मेलनहरु आयोजना गर्नेछौं । ”
यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमायसै आर्थिक वर्ष भित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रितभई कार्यशालाहरु आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्