नग्मा श्रेष्ठ योन्डर म्युजिक नेपालको नयाँ अनुहार «

नग्मा श्रेष्ठ योन्डर म्युजिक नेपालको नयाँ अनुहार

मिस युनिभर्समा पेजेन्टमा प्रतिस्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्युजिक स्ट्रिमिङ एप्लिेकसन योन्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकका रूपमा चुनिएकी छिन् । यस सहकार्यपश्चात् योन्डर म्युजिकले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलाइ विश्वव्यापी संगीतप्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सकिने गीत संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराउने कम्पनीले जनाएको छ ।
नेपाली टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिट्नेस र फेसनप्रति लगाव छ । काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन् जसमा उनी शीर्ष आठमा पर्न सफल भएकी थिइन् यसैगरी, नग्मा इजिप्टमा आयोजित मिस ईको युनिभर्र्स–२०१६ पेजेन्टको बेस्ट टुरिजम् भिडियो अवार्डकी पनि विजेता हुन् । उनले गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व गरिन् । “नग्मा एक प्रतिभावान नेपाली नारी हुन् । उनी आफ्नो धरातलमा रहीसम्पूर्ण नेपाली महिलाको असाधारण सुन्दरता र बौद्घिकतालाई विश्व मञ्जम प्रतिनिधित्वगर्न पाउँदा गर्विलो महसुस गर्छिन् । सबैभन्दा महत्वपूर्ण त उनले आफू नेपाली युवाहरुको प्रतिनिधिको रूपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकी छिन्,” योन्डर म्युजिक एसियाका अध्यक्ष एडियन ब्रुटनले भने ।

 

प्रतिक्रिया दिनुहोस्