ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट «

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

                        पर्यटन मन्त्रीका १४१ कार्ययोजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले चालू आर्थिक वर्षभित्र मन्त्रालय मातहतका निकायले गर्नुपर्ने कार्यसम्पादनको सूची सार्वजनिक गरेका हुन् ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना मन्त्री भट्टराईले सार्वजनिक गरेका छन् ।
सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने, निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २०१९ डिसेम्बरभित्र सम्पन्न गर्ने तथातीन महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने योजनामा उल्लेख छ । यस्तै, उक्त विमानस्थलमा उडान गर्ने हवार्ई कम्पनीलाई प्रोत्साहन गर्न आवश्यक प्याकेज ल्याउने योजना छ ।
बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने तथा टाँगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने योजनामा उल्लेख छ । वृक्षरोपणको लागि क्षेत्र पहिचान गर्ने तथा साइट क्लियर गर्ने पनि उनले बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयमानै सक्ने तथासवै प्रदेश राजधानीका विमानस्थलहरूलाई कम्तिमा ७० सिटभन्दा माथिका विमान उडान अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने जनाइएको छ । सुर्खेत र भरतपुर विमानस्थल स्तरोन्नति गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रूपमा विकास गर्ने जनाएको छ । त्रिभुवन विमानस्थलमा रहेको हवार्ई चापलाई कम गर्न काठमाडौं नजिकको रामेछाप विमानस्थलको स्तरोन्नति गर्ने जनाइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भिœयाउन प्रमुख १० वटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने तथा ग्लोबल पर्यटन सम्मेलन र पर्यटन लगानी सम्मेलन गर्नेजनाइएको छ ।सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोग, मिसन तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ गर्ने उल्लेख छ ।

त्रिभुवन विमानस्थल सुधारकालागि २० योजना

विमानस्थललाई बुटिक अवधारणाअनुरूपरूपान्तरण गर्न तोकिएका कार्यहरू समयमै सम्पन्न गर्ने, ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेटभित्र सम्पन्न हुने व्यवस्था मिलाउने तथाविमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने उल्लेख छ । बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिसा र ई–पेमेन्टको प्रबन्ध मिलाउने तथाअध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरूको सिसी क्यामरामार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने उल्लेख छ ।
यस्तै, नेपाल वायुसेवा निगमको सुधारको लागि निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने, निगमको वाइडबडी रियाद र ग्वाञ्जाओ उडान गर्ने योजना छ । निगमका सबै टिकट अनलाइनमार्फत बिक्रीमा लैजाने तथा टिकट रद्दपछिको फिर्ता प्रक्रिया सरलीकरण गर्ने जनाइएको छ ।
भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदा समेत ३८९ सम्पदाको पुनर्निर्माण सुरुगरी १५० सम्पदाको पूननिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पशुपति क्षेत्रमा अशक्त, वृद्धलाई पशुपतिनाथ मन्दिरको चारै ढोकासम्म पुग्नका लागि आवश्यक भौतिक पूर्वाधार र पर्याप्त संख्यामा ह्वीलचेयरको व्यवस्था गर्ने उल्लेख छ ।पशुपति आरतीको यूट्युवमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने जनाइएको छ ।

सरोकारवालाको असहमति

                                                 

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवार्ई भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था अव्यावहारिक भएको बताएका छन् ।सरकारले अध्ययन अनुसन्धान नै नगरीहचुवामा अगाडि सारेको बस्नेतको भनाइ छ। उनले भने, “हवार्ई उद्योगलाई यस्तो निर्णयले दीर्घकालिन असर गर्नेछ ।” यस सम्बन्धमा वायुसेवा सञ्चालक संघ नेपालले मंगलबार बैठक बसेरऔपचारिक धारणा सावर्जनिक गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्