सामसङ मोबाइल कार्निभल

हिम इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सामसङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको कमपनीले जनाएको छ । माघ २५ गते सुरु भएको यो मेला फागुन ६ गतेसम्म चल्ने भन्दै आयोजकले यस कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसङका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरू एक्सचेञ्ज गर्न सक्ने बताएको छ । आयोजकले हालको मितिसम्म २ हजारभन्दा बढी मोबाइल सेटहरू एक्सचेञ्ज भइसकेको पनि जनाएको छ ।
यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ प्लाजाहरूमा सञ्चालन भइरहेको छ । मेला सामसङ प्लाजा, दरबारमार्ग, महाराजगन्ज, सिभिल महल, सूर्यविनायक, भक्तपुर, नयाँबजार, काठमाडौं, चुच्चेपाटी, तथा कुपोन्डोल, ललितपुरमा आयोजना भइरहेको छ । मेलामा एक्सचेञ्ज गर्न आउनुभएका एक ग्राहकले भने, “यस्तो किसिमको कार्निभलले म जस्ता पुराना मोबाइल साट्नु पर्ने अवस्था आएकालाई सामसङको नयाँ टेक्नोलोजीको स्मार्टफोन किन्ने अवसर जुराई दिएको छ,” हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै यसमा सहभागी हुनुहुनेहरूप्रति कृतज्ञ हुँदै यसमा कुनै पनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसङको स्मार्टफोनसँग एक्सचेञ्ज गर्न सक्ने बताइन् ।