‘कार्बन न्युट्रल’ यती एयरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्युट्रल’ एयरलाइन्स, यती एयरलाइन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । अमेरिकी वातावरण संरक्षण निकाय (यूएसईपीए)को एक शोधकाअनुसार एउटा सामान्य यात्रुबाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बन डाइअक्साइड ग्यास उत्सर्जन गर्छ ।
विद्युतीय सवारी साधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु-याउने अपेक्षा यती एयरलाइन्सले लिएको छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा ई–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको छ । हामीलाई आशा छ, हाम्रो यो सुरुवातले यूएनडीपीले तय गरेकोे दीर्घकालीन विकास लक्ष्यको १३ नम्बरको बुँदा क्याइमेट एक्सनलाई पनि प्रबद्र्धन गर्नेछ । नेपाली एयरलाइन्समाझयती एयरलाइन्सले उदाहरण स्थापित गर्दै विगत लामो समयदेखि राष्ट्रसंघको यो लक्ष्य हासिल गर्न प्रयत्नरत छ ।
यती एयरलाइन्सले ‘कार्बन क्रेडिट’ खरिद गरेर आफ्नो ‘हरितगृह ग्यास’ उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धि (यूएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्यूनीकरणको उपाय हो । विगतमा पनि यती एयरलाइन्सले ‘हरियो सुदूरपश्चिम परियोजना’ र ‘सगरमाथा सफाइ अभियान’ जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ ।
यती एयरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रबार एक समारोहबीच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरे ।
‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यावहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशील कदम चाल्न उत्प्रेरणा दिनेछ,” यति एयरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भने ।
त्यसैगरी, यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एयरलाइन्सको यस कार्यका लागि बधाई दिँदै भने, “आइतबार यतीले कार्बन न्युट्रलिटी यात्रामा एक पाइला अघि बढाएको छ । हामी निकै खुसी छौं । दीर्घकालीन विकासमा अघि बढ्ने यो यात्रामा हामी तपाईंहरूको साथमा छौं । हामीलाई विश्वास छ, यो कार्यले प्रदूषण न्यूनीकरण र पृथ्वीको संरक्षणमा सामूहिक कार्य गर्न अरू धेरैलाई पनि प्रेरणा दिनेछ ।”