सेन्साईको चाडपर्व अफर «

सेन्साईको चाडपर्व अफर

काठमाडौं– जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, हरेक दिन टीभी उपहार’ योजना सार्वजनिक गरेको छ । ग्राहकले यो योजनाको लाभ नेपालभरी सीमित अवधिका लागि उठाउन सक्ने कम्पनीको भनाइ छ ।

योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्रमार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इञ्चको टीभी उपहार जित्न सक्नेछन् । सेन्साईका ग्राहकले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्यूआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ ।

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ । त्यसैगरि शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

नेपालभर सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्