एनसेलको निःशुल्क स्वास्थ्य शिविर «

एनसेलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा काठमाडौको लैनचौरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा ४०० भन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको कम्पनीको भनाइ छ ।

नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको शिविरमा विषेशज्ञ डाक्टरबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँचलगायतका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा उपलब्ध गराइएको थियो ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरु गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो र तत्काल औषधी आवश्यक भएकालाई निःशुल्क औषधि पनि दिइएको एनसेलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्