मनकामना केबलकार दुई दिन बन्द हुने «

मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं– मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । असोज १७ र १८ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ ।

असोज १९ गतेदेखि भने केबलकारको नियमित सेवा सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्