लिट्मस केबलको ग्राहक लक्षित योजना «

लिट्मस केबलको ग्राहक लक्षित योजना

काठमाडौं– लिट्मस केबलले चाडपर्वको अवसरमा आफ्ना उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत पाँचजना भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजारसम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी कम्पनीको ठेगानामा पठाउनुपर्ने छ ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् । यो योजना असोज १५ देखि कात्तिक ३० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्