कुमारी बैंकका पाँच शाखा विस्तार

काठमाडौं– कुमारी बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेलसमेत गरी नयाँ पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बताएको छ ।
बैंकले देशभर ३०८ शाखा सञ्जाल, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईमार्फत् ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।