आईसीएफसी फाइनान्सको डिवेन्चर आउँदै «

आईसीएफसी फाइनान्सको डिवेन्चर आउँदै

ग्लोबल आईएमई क्यापिटल लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडकाबीच २ लाख कित्ता डिवेन्चर प्रतिकित्ता अंकित मूल्य एक हजारको दरले हुने कुल रकम २० करोड बराबरको निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा आइतबार दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको छ ।
उक्त डिवेन्चर ७ वर्षका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रत्येक ६-६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको भन्दै कमपनीले नेपालको इतिहासमा ‘क’ वर्गका वाणिज्य बैंकहरूपश्चात् नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी डिवेन्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाका रूपमा आईसीएफसी फाइनान्स लिमिटेड रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्