आइएमई पेको दसैं तिहार लक्षित अभियान «

आइएमई पेको दसैं तिहार लक्षित अभियान

काठमाडौं– आइएमई पेले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दसैं तिहार’ अभियान सार्वजनिक गरेको छ ।

यो अफर असोज १४ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ । अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेक हप्ता एक जना सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् ।

अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् । योसँगै आइएमई पेमार्फत् रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सिइओ प्रविन रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्