एक्सप्लोर अर्थमुभर्सको कार्यालय स्थानान्तरण «

एक्सप्लोर अर्थमुभर्सको कार्यालय स्थानान्तरण

काठमाडौं– एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्युटर हो ।

पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् । यसका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाई आएका छन् भने समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकीकरण गर्नसमेत सफल भएको छ ।

यसले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्