क्लासिक टेकको दसैं अफर सार्वजनिक «

क्लासिक टेकको दसैं अफर सार्वजनिक

काठमाडौं– क्लासिक टेकले दसैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आवद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबिपिएस इन्टरनेट क्रमशः ९०७ रुपैयाँ र एक हजार १७७ रुपैयाँ मा पाउन सक्ने कम्पनीले बताएको छ ।

अफरअन्तर्गत जेडटिइको ५ गिगाहर्ज राउटर र स्मार्ट सेटटप बक्स निःशुल्क पाउन सकिनेछ भने सेकेण्डरी राउटर जडान गर्न चाहने ग्राहकका लागि कम्पनीले अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा सेकेण्डरी राउटर प्रदान गर्ने जनाएको छ ।

यस्तै, कम्पनीले क्यारो टेल कम्पनीसँग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्रीका लागि साझेदारी समेत गरेको छ । गत वर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२ इञ्च तथा ४३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्यभन्दा निकै कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ ।

भिडियोकोन ३२ इञ्च स्मार्ट टिभीको मूल्य १९ हजार १३१ रुपैयाँ र ४३ इन्च स्मार्ट टीभीको मूल्य २८ हजार ७०१ रुपैयाँ रहेको कम्पनीले बताएको छ । कम्पनीले हालका प्रयोगकर्ताका लागिसमेत विशेष अफर ल्याएको जनाएको छ । ग्राहकले २५० एमबिपिएसको वार्षिक नवीकरणमा ५०० एमबिपिएस इन्टरनेट स्पिड पाउने छन् ।

त्यस्तै, १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कम्पनीले बताएको छ । कम्पनीले वार्षिक रिचार्जमा पनि जेडटिइको ५ गिगाहर्ज राउटर निःशुल्क पाइने तथा भिडियोकोनको ३२ तथा ४३ इञ्चको स्मार्ट टिभी सेट पनि लिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्