सिटी एक्सप्रेसको नयाँ योजना सार्वजनिक

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दस गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई जनही एक लाख, हरेक हप्ता पाँच जनालाई जनही २५ हजाका साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही पाँच सयको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यो अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको दावी गरेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजार भन्दा बढि भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा रहेको कम्पनीको भनाइ छ ।