क्यामियो फायर १०० इयरबड्स बजारमा «

क्यामियो फायर १०० इयरबड्स बजारमा

काठमाडौं– नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड भित्रिएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरु कोर्न र रिभरसँग ब्राण्डको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो ।

कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरु नेपाली बजारमा ल्याउने छ । युवा प्रयोगकर्ताको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ ईयरबड्स लन्च गर्न लागेको जनाइएको छ । नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

यति मात्र नभई यो क्यामियो फायर १०० इयरबड्स ३० दिनको स्ट्याण्डबाई सुबिधा रहेको छ भने यसले कतै बाहिर घुम्न जाँदा चार्जिङ्गको चिन्ताबाट पुरै मुक्त गर्ने कम्पनीको भनाइ छ । इयरबड्सलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ । क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ नविनतम ब्लूटुथ भर्सन ५.३ रहेको छ । जसले सजिलै स्मार्टफोनसँग कनेक्ट गर्न सक्ने कम्पनीले जनाएको छ ।

अहिलेका युवाको चाहनाअनुसारको आकर्षक डिजाइन रहेको क्यामियो फायर १०० इयरबड्समा रहेको लो लेटेन्सीले मोबाइल गेम खेल्दा गेमिङ्ग मोड अन गरेर सिधै कनेक्टमार्फत गेममा अग्रता हासिल गर्न सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एआई–इएनसी रहेको इयरबड्सले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्ने जनाइएको छ । क्यामियो फायर १०० इयरबड्समा प्रयोगकर्ताको सुबिधाको लागि इयरबड्समा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने इयरबड्स चार्जिङ्ग बक्समा शक्तिशाली ४०० एमएएचको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्