रिलाइन्स फाइनान्स र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेड र चिरायु नेशनल हस्पिटल, बसुन्धाराबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र हस्पिटलका अपरेशन डाईरेक्टर चण्डेश्वर एबआर वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्र्तगत फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको फाइनान्सले देशका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई बैंकिङ, एससिटी नेटवर्क एटीएम, रेमिटेन्स सेवा, सी आस्वा, आइपीएस, कनेक्ट आइपीएस र मोबाइल बैंकिङलगायत विभिन्न सेवा प्रदान गर्दै आएको छ ।