आइएमई पेबाट एसआईपी भुक्तानी गर्न सकिने

काठमाडौं– डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो व्यवस्थित लगानी योजनाको रकम भुक्तानी गर्न सक्ने भएका छन् । व्यवस्थित भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।
सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को एनआसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको क्मारी सुनौलो लगानी योजनाको व्यवस्थित लगानी योजनालगायतको भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आएको र यसको भुक्तानीलाई थप सहज पार्दै सेवाग्राहीका लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए ।