प्यारामाउन्ट मोटर्सको शोरुम भक्तपुरमा «

प्यारामाउन्ट मोटर्सको शोरुम भक्तपुरमा

काठमाडौं– एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले भक्तपुरको गठ्ठाघरमा दोस्रो एमजी शोरुम उद्घाटन गरेको छ । यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भनाइ छ ।

एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेट सञ्जालमा एउटा आयाम थप्दै ग्राहकलाई सेवा अझ बढाएको बताइएको छ । यो शोरुम ग्राहकका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको प्रमाण रहेको कम्पनीको भनाइ छ ।

प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने, ‘दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा उत्साहित छौं ।’

शोरुममार्फत आफ्नो पहुँच विस्तार गर्दै प्यारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिगपन कायम गरेको छ । यस स्थापनाले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको छ ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको जनाएको छ । सेवाग्राहीको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ । यी स्थानमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्