नबिल बैंकको शाखा विस्तार «

नबिल बैंकको शाखा विस्तार

काठमाडौं– नबिल बैंक लिमिटेडको २६६औं शाखा मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्