जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा

काठमाडौं– नेपालमा जिडब्लु एम सवारी साधनको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले जिडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।
असोज १२ देखि १८ सम्म सञ्चालन हुने क्याम्प जिडब्लुएमको थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्ने बताइएको छ ।
यस क्याम्पले उत्साहीलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधन परीक्षण गर्ने मौका प्रदान गर्ने बताइएको छ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
ग्राहकले यस क्याम्पमार्फत प्रभावशाली जि.डब्लु.एम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसरका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहार, निःशुल्क सामानहरू, नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग सेभेन के डब्लू फास्ट चार्जर जस्ता उपहार सुविधा पाउने कम्पनीले जानकारी दिएको छ ।