एभरेष्ट बैंक र निरभाना फिजियोथेरापीबीच सम्झौता

काठमाडौं– एभरेष्ट बैंक र लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबिच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले हस्ताक्षर गरेको सम्झौता लागू भएसँगै बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारीका पारिवारीक सदस्यले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्मको छुटको लाभ लिन सक्नेछन् ।