चेरीको ओमोडाः भविष्यको लागि गाडी «

चेरीको ओमोडाः भविष्यको लागि गाडी

काठमाडौं– चिनियाँ अटोमोबाइल कम्पनी ‘चेरी अटोमोबाइल कम्पनी लिमिटेड’को ब्राण्ड ओमोडाले ‘क्रस फ्युचर’ सार्वजनिक गरेको छ ।

आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ अर्थात् ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ दाबी गर्ने ब्राण्डले उच्च गुणस्तरका कार उत्पादन गरिरहेको बताएको छ । ओमोडाले अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनका गाडी बनाइरहेको जानकारी दिएको हो । ओमोडाले विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई राम्ररी बुझ्न उनीहरुसँग संलग्न हुँदै आएकोसमेत जनाएको छ ।

ओमोडाले ओको अर्थ अक्सिजन र मोडाको अर्थ मोडर्न अर्थात् आधुनिकबाट आएको बताएको छ । युवापन, आत्मनिर्भरता र विश्वव्यापीकरणको बढ्दो प्रवृतिको अध्ययनसँगै, ओमोडाको उद्देश्य, युवा प्रयोगकर्ताका लागि नयाँ डिजाइन र आधुनिक प्रविधि ल्याउँदै भविष्यका लागि स्टाइलिस गाडी प्रदान गर्नु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्