मनाङ भ्याली वाइन नेपाली बजारमा «

मनाङ भ्याली वाइन नेपाली बजारमा

काठमाडौं– मनाङका किसानले उत्पदन गरेको स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकामा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो ।

यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन रहेको कम्पनीको दावी छ । प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ ।

मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै त्यहाँको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ । मनाङ भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्