आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप छनौट «

आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप छनौट

काठमाडौं– आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्ट पनि सार्वजनिक भएका छन् ।

विधा ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ । दक्षिण एसियाली देशलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि सञ्चालनमा रहेको छ । छनौट प्रक्रियाका लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समित गठन भएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । आइसिटी अवार्डको प्रि–इभेन्ट यही असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्