गरिमाको मोबाइल बैंकिङ सेवामा सुविधा «

गरिमाको मोबाइल बैंकिङ सेवामा सुविधा

काठमाडौं– गरिमा विकास बैंकले आफ्ना ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने व्यवस्था गरेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ग्राहकले यो सेवा लिन सक्ने बैंकले बताएको छ ।

नेपालस्थित आफ्नो बैंक खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थामा बैंकले आफ्ना विदेशमा रहेका ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको जनाएको छ । विदेशमा बसेर पनि मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका प्रक्रिया पूरा गरी सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्