म्याद सकिएको डेढ वर्षमा पनि बनेन पुल «

म्याद सकिएको डेढ वर्षमा पनि बनेन पुल

खानीखोला (धादिङ)– निर्माण व्यवसायी इमान्दार र जिम्मेवारप्रति कर्तव्यनिष्ठ भएको भए गुर्धुम र लिुखु गाउँबासीले डेढ वर्षअघि नै झोलुंगे पुल उपभोग गरिसकेका हुने थिए । तर निर्माण व्यवसायीले काम लिने र काम नगर्ने हुँदा धुनीबेसी नगरपालिका–७ लिखु खोलामा निर्माण गर्न लागिएको झोलुंगे पुल कागजमा मात्र सीमित छ ।

काठमाडौं–३४ ठेगाना राखेर दर्ता भएको निर्माण कम्पनी निलगिरि निर्माण सेवा प्राइभेट लिमिटेडले २०७९ चैत ८ गते निर्मांण सम्पन्न गर्ने गरी २०७८ असोज १२ गते सम्पेन्सन ब्रिज डिभिजन कार्यालय श्रीमहल ललितपुरसँग सम्झौता गरेको थियो । धुनीबेसी–७ स्थित लिखु खोलामा २.८१ मिटर लामो पुल बनाउन एक करोड १० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्न सम्झौता गरेकोमा हालसम्म पटकपटक लेआउट सम्पन्न भएको तर निर्माण व्यवसायीले काम सुरु नगरेको प्रगति कार्य सम्पेन्सन ब्रिज डिभिजन कार्यालयले उपलब्ध गराएको छ ।

लिखुखोला झोलुंगे पुल योजना हेर्ने इन्जिनियर पुष्पा सुकु भट्टका अनुसार काम सक्नुपर्ने म्याद त सकिसक्यो । तर अहिलेसम्म पुल निर्माणको प्रगति शून्य छ इन्जिनियर पुष्पाले बताइन् । पुल नबन्ने पो हो कि भनेर । पुल निर्माण कार्य सुरु नभएकोमा स्थानीय आक्रोसित छन् । पुल निर्माण नहुँदा गुर्धुम, थली र लिखु, मजुवा गाउँ आवतजावत गर्न एक घण्टा अनकन्टार बाटो हिँड्नु पर्ने बाध्यता छ । यदि पुल निर्माण भएमा यी गाउँ १५ मिनेटमा आउतजावत गर्न सकिन्छ ।

अहिले महत्वपूर्ण काम पर्दा टेलिफोन वार्ताबाटै काम गर्दै आएका छन् साइला तामाङले बताए । लिखु पुल स्थानीयको सेवा सुविधाका लागि त हुँदै हो । लिखु खोलामा बन्ने पुल पर्यटकीय महत्व पनि बोकेको छ । धुनीबेसी नगरपालिकाको लेकाली रमणीय गाउँलाई पर्यटनसंँग जोडेर विकास गर्न यो झोलुंगे पुल महत्वपूर्ण हुन्छ भनेर बनाउन लागिएको हो । गुर्धम गाउँको तीन छाङ्गे झरना, थली, गुर्धुम, लिख, धुसेनी, मजुवा, तोप्लाङ गाँउ र तोप्लाङ भ्युटावर चढेर पर्यटकले आनन्द लिन सक्नेछन् ।

यसका लागि लिखु खोलामा सडक बनाउँदा भन्दा झोलुंगे पुल बनाउँदा कम बजेट कम समयमा आवतजावत हुने भएकाले झोलुंगे पुल बनाउन लागेका हौं नगर प्रमुख बालकृष्ण आचार्यले बताए । निर्माणको काम निर्माण व्यावसायीको हुने पाउँदासम्म ठेक्का लिने नियमन प्रभावकारी नहुने हुँदा जनप्रनिधि आलोचित हुनुपरेको छ । निलगिरि निर्माण सेवा प्राइभेट लिमिटेडले धेरै काम निर्माण गर्ने जिम्म लिएर काम नगरेको जानकारी पाएको छु ।

हाम्रो यति सानो काम त निर्माण गर्नुपर्ने म्याद सकिँदा काम सुरु नगरेको नगर प्रमुख आचार्यले बताए । पछिल्लो पटक निर्माण व्यवसायी सम्पर्कमा आएको छ । अब म्याद थप गरेर काम अघि नबढाए कारबाही प्रक्रिया अघि बढाउने तयारीमा छौं । निर्माण व्यवसायीले काम नगर्दा जनता सेवा सुविधा उपभोगबाट वञ्चित भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय श्रीमहलका सिनियर डिभिजनल इन्जिनियर गौरीकुमार श्रेष्ठले बताए ।

तोकिएको समयमा काम सुरु गर्न सकिएन । निलगिरि निर्माण सेवा प्राइभेट लिमिटेडबाट काम गर्न अर्को साथीले ठेक्का हालेको तर उसले काम नगरेकोले मेरो र मेरो कम्पनीको बदनाम भयो । अब दसैंअघि काम सुरु गर्छौं र चैतभित्रमा पुल निर्माण सम्पन्न गरेर सस्पेन्सन ब्रिज डिभिजन कार्यालयलाई बुझाउँछौ निलगिरि निर्माण सेवा प्राइभेट लिमिटेड युवराज डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस्