लमजुङको गाईखुरे झरनामा क्यानोनिङ महोत्सव «

लमजुङको गाईखुरे झरनामा क्यानोनिङ महोत्सव

सर्वसाधारण पनि सशुल्क क्यानोनिङमा रमाए
लमजुङको बेसीशहर–१, उदिपुरको गाईखुरे झरनामा क्यानोनिङ महोत्सव भएकोे छ । प्रत्येक बर्खाको सिजनमा आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने झरनामा तालिम प्राप्त खेलाडीहरूको साथमा ३५ भन्दा बढी सर्वसाधरणहरूले सशुल्क क्यानोनिङ गरेका हुन् ।
 वातावरण सुधार तथा विकास अभियान र स्थानिय लमजुङ टेलिभिजनले क्यानोनिङ महोत्सव आयोजना गरेको हो । वर्षातको सिजनमा उदिपुर झरनामा पनि पर्याप्त पानी भएकोले क्यानोनिङ महोत्सव आयोजना गरिएको लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताए । झरनामा क्यानोनिङ गर्नका लागि स्थानिय सहित तनहुँ, पोखरा, चितवन लगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू आएका थिए । विगत चारवर्ष अघिदेखि सोही झरनामा क्यानोनिङ हुँदै आएको छ । हाल प्रवासमा रहेका लमजुङ चितीका क्यानोनिङ प्रवद्र्धक देवेन्द्रबाबु तिवारीको संयोजनमा तीन पटकसम्म क्यानोनिङ भएको थियो । तिवारीले अमेरिकन क्यानोनिङ एकेडेमीका संस्थापक रिच काल्सनलाई बोलाएर पाँच वर्ष अघि गाइड प्रशिक्षण समेत सञ्चालन गरेका थिए । 
एक औपचारिक कार्यक्रमकाबीच बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले महोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख अर्यालले गाईखुरे झरना नगरपालिकाको पर्यटकीय सम्पदा भएको भन्दै यसको प्रवद्र्धन र विकासका लागि नगरपालिका लागिपरेको बताए ।“गाईखुरे झरनाको थप व्यवस्थापनको लागि डीपीआर तयार भइसकेको छ,” नगर प्रमुख अर्यालले भने, “यसलाई निजीक्षेत्रसँग सहकार्य गरी प्रवद्र्धन र विकास गर्ने योजना बनाएका छौं ।”नेपाल पर्यटन वर्ष–२०२० र गण्डकी प्रदेश पर्यटन वर्ष २०१९ लाई मध्यनेजर राख्दै दुईदिने महोत्सव आयोजना गरेको लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताए । महोत्सवमा सशुल्क क्यानोनिङको साथमा सांगीतिक कार्यक्रम पनि भएको थियो । झरनामा क्यानोनिङ हेर्ने दर्शकहरूलाई मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारका विशेष प्रस्तुतिहरू राखिएको निर्देशक श्रेष्ठले बताए । प्रथम क्यानोईङ महोत्सवका लागि बेंसीसहर नगरपालिका, उदिपुरस्थित नेपाली सेनाको श्रीजङ गणलगायतले सहयोग गरेका छन् । महोत्सव शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको हो ।
यसअघि जिल्लाको उत्तरी भेगमा पर्ने मस्र्याङ्दी–४, स्याँगेमा अन्तर्राष्ट्रिय क्यानोनिङ महोत्सव भएको थियो । उक्त झरनामा भने तालिम प्राप्त खेलाडीले मात्रै क्यानोइङ गरेका थिए । आठवर्ष अघि दक्षिण एसियामै पहिलोपटक नेपाल क्यानोनिङ संघले ताघ्रीङको स्यांगे क्षेत्रमा क्यानोनिङ महोत्सव गरेको हो । स्याँगेसँगै वर्षातको समयमा उक्त छहरमा पनि क्यानोनिङ सुरु भएपछि यसको पर्यटकीय महत्व बढ्दै गएको छ । पाउदी बेंसीसहर सडकखण्डअन्तर्गत पर्ने उक्त झरनामा सदरमुकाम बेंसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरवजार लगायतका स्थानबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्छन् । सदरमुकाम बेंसीसहर आउने बाटोमा भएको कारण कतिपय यात्रीहरू सवारी रोकेर पनि यहाँको प्रकृतिसँग रमाउने गरेका छन् । पर्यटकीय जिल्ला लमजुङमा क्यानोनिङका प्रसस्त सम्भावनाहरू छन् । उत्तरी लमजुङको स्यांगे क्षेत्रका छहराहरूमा बा-हमहिना क्यानोनिङ गर्न सकिने बताइन्छ ।
सो भेगका छहराहरू निकै अग्लो र लामोदूरीसम्मका भएकाले साहसिक पर्यटकहरूको रोजाइमा पर्ने गरेको सरोकारवालाहरू बताउँछन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा मार्गमा क्यानोनिङका लागि आवश्यक पर्ने थुप्रै छहरा र झरनाहरू भएकाले क्यानोनिङको प्रवल संभावना रहेको पर्यटन ब्यबसायिहरू बताउँछन् । सन् २००७ देखि क्यानोनिङ खेल सुरु भएको खेल्नकै लागि पर्यटकहरू नेपाल आउने गरेको बताइन्छ । अहिले क्यानोनिङका लागि बर्सेनि ५ सयभन्दा बढी पर्यटक नेपाल आउने गरेको क्यानोनिङ एसोसिएसनको तथ्यांक छ । सन् २००७ मा युरोपबाट व्यावसायिक रूपमा क्यानोनिङ नेपाल छिरेको हो ।
यसको थालनी भने बोर्डरल्यान्ड र द लास्ट रिसोर्ट कम्पनीले १९९६ मै भोटेकोसीमा गरेका थिए । नेपाल क्यानोनिङ एसोसिएसन (एनसीए) का अनुसार, १९९९ मा अन्नपूर्ण पदयात्रामा जाँदा फ्रान्सका गुफा विशेषज्ञ मोरिस डुमेनले मस्र्याङ्दीको स्याँगे झरना देखेपछि नेपालमा क्यानोनिङसम्बन्धी विस्तृत अध्ययन र सम्भावनाको लेखाजोखा हुन थालेको बताइन्छ । पछि फ्रान्सेली टोलीले नै क्यानोनिङका लागि मस्र्याङ्दी र काभ्रेमा नयाँ क्षेत्र पहिचान ग-यो । एसोसिएसनले पनि फ्राान्सेली टोलीसँगै मिलेर भोटेकोसीलगायतका ठाउँमा यसको विकास गरेको इतिहास छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्