शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने

नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रूपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरुहरूले विधिवत पूजा अर्चना गरी प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ ।
बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मसग सम्बन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ । “शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमिका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौं,” शाश्वत धामका फाउन्डिङ ट्रस्टी विनोद चौधरीले भने । “अहिले हामी यही सोंचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौं ।” बुद्धिष्ट सेन्टरस“गै शाश्वत धाममा बौद्ध धर्मस“ग सम्बन्धित शिक्षा पनि सुरु गरिनेछ । यसअघि स्थापित गुरुकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।
यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्रहालयलगायत हिन्दू धर्मस“ग सम्बन्धित सम्पदाहरू निर्माण भइसकेका छन् । विगत ११ महिनामा १२ लाख भक्तजनले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेका छन् । आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५ औं ‘वसन्त महोत्सव’ गर्न लागिएको छ । सो महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । सो धार्मिक यात्रा सुरु भइसकेको छ । सो अवसरमा भारतबाट कम्तीमा दुई हजार भक्तजनहरूका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको छ । महोत्सवको पहिलो दिन फागुन ३ गते हात्ती, घोडा, रथ, पञ्चै बाजा, भजनकिर्तन र विभिन्न झा“कीसहित शोभायात्रा गरिनेछ । नारायणघाटदेखि सुरु हुने उक्त शोभायात्रा शाश्वत धाममा पुगेर टुंगिनेछ । महोत्सव अवधिभर शाश्वत धाममा भजन किर्तनलगायतका विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यो महोत्सवसन् १९८४ मा कोलकाताबाट सुरु भएको हो । यो ३५ औं वसन्त महोत्सव हो ।