युवा उद्यमी मञ्चको २०औं वार्षिकोत्सव «

युवा उद्यमी मञ्चको २०औं वार्षिकोत्सव

काठमाडौं– नेपाली युवा उद्यमी मञ्चले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवद्र्धनमा दुई दशक समर्पित सेवाको अवसरमा २०औं वार्षिकोत्सव मनाएको छ ।

२००३ मा नेपालमा द्वन्द्वकाल चलिरहेको बेला उद्यमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्यमीसहित सुरु भएको नेपाली युवा उद्यमी मञ्चले २०औ वार्षिक उत्सव मनाउँन पाउँदा गर्व महसुस गरेको जनाएको छ ।

मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । नेपाली युवा उद्यमी मञ्चले उद्यमीलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्