सेगवेको शोरुम चितवन र बुटवलमा बिस्तार «

सेगवेको शोरुम चितवन र बुटवलमा बिस्तार

काठमाडौं– सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुमको सुरुवात गरेको छ ।

यी शोरुम कम्पनीका विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि हाकिम चोक, भरतपुरसँगको सहकार्यमा सञ्चालनमा ल्याएको बताइएको छ । नयाँ शोरुम बिस्तार गरेसँगै आफ्नो ग्राहकलाई विशेष उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

बुटवल र चितवनका शोरुममा लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलसहित सेगवेका उत्पादनका सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । सेगवेले शोरुम उद्घाटनको उपलक्ष्यमा चितवन र बुटवल क्षेत्रका ग्राहकलाई विशेष अफर ल्याएको पनि जनाएको छ । अफरअन्र्तगत यी शोरुममा सेगवे ई–स्कूटरको विशेष मूल्य तोकिएको कम्पनीको भनाइ छ ।

यी शोरुमबाट ग्राहकले सेगवेका नवीन उत्पादनको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् । शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन् ।

विस्तृत सुविधाहरू र नवीनतम सेगवे स्कुटरहरूको पर्याप्त स्टक भण्डारणको साथ, बुटवल, चितवन र वरपरका क्षेत्रहरूमा ग्राहकहरूले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरू पाउन र खरिद गर्न सक्छन् ।

यी शोरुमहरूको संचालनसँगै आईहब प्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवद्र्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सेगवे नाइटबटको बारेमाः
सेगवे व्यक्तिगत यातायात साधनको लागि एक विश्वव्यापी अग्रणी प्रदायक हो । जसले मानिसहरुलाई प्रभावकारी, दिगो र रमाईलो यात्रा गर्न नवीन उत्पादनहरु सिर्जना गरेको छ ।

आफ्ना रोमाञ्चक उत्पादनहरु सार्वजनिक सँगै, सेगवेले मोबिलिटी क्रान्ति र नवीन साधनहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्