नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर «

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

काठमाडौं– नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयुक्त रुपमा कल सेन्टरको उद्घाटन गरेका हुन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अधिकारीले कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

यसैगरी कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकसँग जोडिएर काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

बैंकको कल सेन्टरले ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुंगा सावित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्