एनसेलद्वारा मैत्रीपूर्ण फुटबल खेल आयोजना «

एनसेलद्वारा मैत्रीपूर्ण फुटबल खेल आयोजना

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । १८औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको प्रतियोगिता अन्तर्गत शनिबार र आइतबार चार खेल भएका थिए ।

एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्राण्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेल आयोजना गरिएका हुन् । पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता थियो ।

पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । यो खेलमा एनसेलले १–० को अन्तरले हित हासिल गरेको थियो । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

त्यसैगरी अर्को खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिीच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकार पनि सहभागी थिए । अनिल गुरुङको टिमले ५–४ को अन्तरले खेल जितेको थियो ।

त्यस्तै आइतबार सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४–१ को अन्तरालले जित हासिल गरेको थियो । त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले ४–३ गोलको अन्तरालले खेल जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्