मोबाइल फोन इम्पोर्टस् एशोसिएसन पुनः मलहोत्रा «

मोबाइल फोन इम्पोर्टस् एशोसिएसन पुनः मलहोत्रा

काठमाडौं– मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आगामी २ वर्षका लागि दिपककुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्