विद्युतीय मोटरमा सार्वजनिक भयो टाटाको ‘हात्ती गाडी’ «

विद्युतीय मोटरमा सार्वजनिक भयो टाटाको ‘हात्ती गाडी’

काठमाडौं– टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सामान ढुवानी गर्ने एस (हात्ती) विद्युतीय मोटरमा सार्वजनिक गरेको छ ।

एस ईभीले एक पटकको चार्जमा १५४ किलोमिटरसम्म दिने गाडी सार्वजनिक गर्दै कमर्सियल गाडीमा प्रवेश गरेको हो । हात्ती गाडी नामले चर्चित एस शहरी क्षेत्रमा बढी प्रयोग हुन्छ । यसले ३६ हर्सपावर र १३० एनएम टर्कजेनेरेट गर्छ ।

गाडीमा इन्डक्सन मोटर रहेको छ । गाडीको अधिकतम गति ८० किमी प्रतिघण्टा रहेको छ । गाडीमा ब्याटिङ क्षमता १७.२ किलोवाट आवर रहेको छ । अगाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ । यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आइपी ७६ प्रमाणित स्ट्याण्डर्ड छ । ब्याट्री फास्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ ।

ग्राउण्ड क्लियरेन्स १६० एमएमको छ । कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । प्यासेन्जर भेहिकल सबै विद्युतीयमा उत्पादन गरिरहेको टाटा मोटर्सले टियागो इभी भदौ २६ गते नाडा अटो शोमा सार्वजनिक गरेको हो । टाटाको त्यसअघि नेक्सन इभी, टिगोर विद्युतीय मोटरमा सञ्चालन भइसकेका छन् ।

एस–इभीको नेपाली बजार मूल्य २९ लाख ५० हजार रहेको छ । चार्डपर्वको समयमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिप्रदी ट्रेडिङका प्रबन्ध निर्देशक सिदार्थ समसेर राणाले टाटा मोटर्सको कमर्सियल इभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताए । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा इभीको बजार बढ्दै गएको नाडा अटो शोले समेत पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्