शाओमीको नेपालमा पाँच वर्ष पूरा

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा पाँच वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुंगाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्राण्डको प्रतिबद्धता जनाउने कम्पनीको भनाइ छ ।
सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये एक बन्न सफल भएको कम्पनीको दावी छ । विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्राण्ड बन्न सफल भएको बताइएको छ ।
शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको बताएको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्ने कम्पनीको प्रतिबद्धता छ । शाओमी नेपालले चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलमा दुई हजार रुपैयाँसम्मको छुट प्रदान गरिरहेको पनि जनाएको छ ।