रियलमीका दुई नयाँ मोबाइल सार्वजनिक

काठमाडौं– स्मार्टफोन ब्राण्ड रियलमीले निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागी युवाले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए ।
आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । उक्त अवसरमा रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको उत्साहजनक सहभागिताले हर्षविभोर भएको बताए ।