नेपालगन्जमा नेपाल युवा उद्यमी मंचको १३ औ शाखा स्थापना

काठमाडौं- नेपाली युवा उद्यमी मञ्चको नेपालगञ्ज च्याप्टर स्थापना भएको छ । नेपालगञ्ज च्याप्टरसँगै मञ्चको शाखा सञ्जाल देशभरका मूख्य १३ शहरमा बिस्तार भएको छ । शुक्रबार एक कार्यक्रमबीच च्याप्टरको घोषणा भएको हो ।
च्याप्टरको अध्यक्षमा डा. नितेशकुमार कनोडिया छन् । प्रथम उपाध्यक्षमा तीर्थबहादुर थापा, दोस्रो उपाध्यक्षमा डा. ओमप्रकाश मिश्र छन् । संस्थामा २७ जना सदस्य आबद्ध छन् भने कार्यसमिति ११ सदस्यीय हुने बताइएको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष जोशीले देशभरका युवा उद्यमीहरुलाई समेटेर संस्था अगाडि बढ्ने बताइन् । युवा उद्यमशीलताको प्रवर्द्धन नै संस्थाको मुख्य उद्देश्य रहेको बताइन् ।
मञ्चका अन्य च्याप्टरहरुमा काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, वीरगंज, जनकपुर, बिराटनगर, सुनसरी, झापा रहेका छन् । सबै च्याप्टरमा गरी ८ सय भन्दा बढी युवा उद्यमीहरु मञ्चमा आबद्ध रहेको बताइएको छ । मञ्चमा १८ देखि ४०सम्मका युवा उद्यमीहरु सदस्य रहने प्रावधान छ । यो संस्थान सन् २००३ मा स्थापना भएको हो ।