भाइबरबाट अनलाइन बस टिकट काट्न सकिने

काठमाडौं– अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ ।
बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे ।
सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स्मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।