भेस्पा र अप्रिलियाको चाडपर्व अफर «

भेस्पा र अप्रिलियाको चाडपर्व अफर

काठमाडौं– दसैं तिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रालिले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ ।

कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जसअनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा सिधै ४० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।

यो अफरमा कुनै पनि किसिमको सर्तहरू लागु नहुने समेत कम्पनीले बताएको छ । तर यो अफर सीमित अवधिका लागि मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्