तेक्वान्दो खेलाडीलाई संकटा वाइनको सम्मान «

तेक्वान्दो खेलाडीलाई संकटा वाइनको सम्मान

काठमाडौं– संकटा वाइन एण्ड बेवरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीलाई प्रोत्साहन गर्ने भएको छ ।

राष्ट्रको गौरव बढाउन दिन रात खटिने खेलाडीलाई प्रोत्साहन एवम् सम्मान गर्नु पाउनु गौरवको विषय भएको कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले जानकारी दिए । कम्पनीले बिहीबार १९ औं एशियन तेक्वान्दा प्रतियोगितामा भाग लिन चीन जान लागेको टोलीलाई विमानस्थलमा सम्मान पनि गरेको थियो ।

‘हाम्रो उत्पादन पनि नेपाली हो । नेपाली उत्पादनले नेपाली खेलाडीलाई प्रोत्साहन गर्नु निकै राम्रो कुरा हो,’ उनले भने । कम्पनीले विगतमा पनि खेलाडीसँग सहकार्य गर्ने गरेको र भविष्यमा पनि गर्ने अधिकारीले प्रतिवद्धता जनाए । हाल कम्पनीको प्रिमियम वाइन क्याभास र क्लाइमेट बजारमा छन् भने अन्य उत्पादन बजारमा ल्याउने तयारी चलिरहेको छ ।

निकट भविष्यमै निर्यात गर्न योग्य प्रिमियम वाइन उत्पाउनले जानकारी दिए । कम्पनीले बनेपाको नाला स्थित फ्याक्ट्रीमा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्