एनआईसी एसिया र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एसिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एसिया बैंकको डिजिटल च्यानलमार्फत इन्स्योरेन्स कम्पनीका ग्राहकहरूले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरूले एनआईसी एसियाको मोबाइल बैंकिङलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पेएप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै ग्राहक महानुभावहरूले छिटो छरितो रूपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रूपमा भुक्तानी गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको पनि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।