मातृभूमिमाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति «

मातृभूमिमाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता विरोधी तत्वलाई निस्तेज पार्ने बताएका छन् । ‘महाशिवरात्री तथा सेना दिवस २०७४ को अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सेनापति क्षेत्रीले मुलुकको अस्मितामाथी धावा वोल्नेलाई निस्तेज पार्ने चेतावनी दिएका हुन् ।२०४७ अघि हरेक वर्ष घोडे जात्राका दिन सेन दिवस मनाइदै आएपनि त्यसपछि भने शिवरात्रीलाई आफ्नो दिवसको रुपमा मनाउँदै आएको छ ।
“पूर्खाको रगत र पसिनाले सिञ्चत मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरुका गतिविधिलाई निस्तेज पार्न कुनै कसर राखिने छैन,” प्रधानसेनापतिका तर्फबाट सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेना कठिन परिस्थितिमा पनि संविधानले निर्दिष्ट गरेको परिधिभित्र रहेर राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सधै तत्पर छ रही आएको छ ।” सेनाले समयानुकुल परिवर्तनलाई सहर्ष आत्मसात् गर्दै आएको पनि उनले स्पष्ट पारे । प्रधानसेनापति क्षेत्रीले सेनाको एकढिक्का पन, सामाजिक न्याय र विश्वासका आधारहरु टुटाउनखोज्ने तत्वले जुनसुकै कारबाहीको भागीदार हुन समेत प्रधानसेनापति क्षेत्रीले चेतावनी दिए । सरकारले सुम्पेको काठमाडौं–तराई द्रूतमार्ग निर्माण समयमै सम्पन्न गर्न पनि सेना कटिवद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्