एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक «

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वास लिएको बताइएको छ ।

को–ब्राण्डेड डेबिट कार्डका ग्राहकले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउनटर, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । साथै ग्राहकले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लैजान सक्ने बैंकको भनाइ छ ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकलाई शत प्रतिशत भाडा फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको र नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत कार्डका प्रयोगकर्तालाई प्रदान गरिएको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्