सन्राइज क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं– सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजी बजार साक्षरता अभियान सञ्चालन गरेको छ ।
सो अभियानअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको क्यापिटलले जनाएको छ ।
कार्यक्रमबाट क्यापिटलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभूत ज्ञान प्रदान गर्न सफल भएको बताइएको छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई पुँजी बजारको सुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाको बारेमा जानकारी लिन सहज हुने कम्पनीको दावी छ ।