हिमालयन बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट «

हिमालयन बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

काठमाडौं– हिमालयन बैंकले ग्राहकलाई काठमाडौं, पोखरा, चितवनलगायत देशका १६० भन्दा बढी स्थानमा छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजमलगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा तोकिएको छुट पाउन सक्नेछन् ।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानबाट निर्धारित छुट पाउनेछन् ।

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थामा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरी २०० वटा थप व्यवसायीमा विस्तार गरी ग्राहकलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्