कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत «

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत

जाजरकोट– भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यमा आधारभूत खानेपानीको पहुँच पुगेका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटाअनुसार कर्णालीका तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५.६ प्रतिशत परिवारले घर परिसरभित्र, बाहिर धारा जडान गरी पानी खाइरहेका छन् ।

४४.४ जनसंख्याले पाइपबाट घर परिसरबाहिर धाराको पानी खाइरहेको मन्त्रालयले जनाएको छ । ०४ प्रतिशत परिबारले टयुबवेलको पानी खाने गरेको तथ्यांकमा उल्लेख छ । २.१ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, ०.१ ले जारको पानी, खुल्ला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी संख्या २.५ प्रतिशत, २.१ प्रतिशतले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडीई गोपाल शर्माले बताए । २०१९ को डाटाअनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

कुन जिल्लामा कतिले पिउँछन् त पानी ?

२०२१ को तथ्यांकअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत् परिसरभित्र पानी पिउने घरधुरीको संख्या एक लाख ३० हजार ४६५ परिवार रहेको छ । धारा, पाइपमार्फत् परिसर बाहिर एक लाख ६२ हजार ६१९ जनाले पानी खाइरहेका छन् । एक हजार ६३५ घरधुरीले टयुबवेलमार्फत् पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको डाटामा उल्लेख छ । राम्रोसँग ढाकिएको कुवामार्फत् पानी पिउने परिवारको संख्यामा सात हजार ५७३ रहेको छ ।

नौ हजार २१० परिवारले खुल्ला रूपमा रहेको राम्रो कुवाको पानी खाने गरेको मन्त्रालयले जनाएको छ । ४८ हजार ६९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ । चार हजार २७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ । जार र बोतलमा पानी पिउनेको संख्य ४८० घरघुरी रहेको छ । त्यस्तै अन्यमा एक हजार ८० घरधुरी रहेको छ । डोल्पामा नौ हजार ३८० घरधुरीमा तीन हजार ११७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने चार हजार २५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी खाइरहेको तथ्यांकमा उल्लेख छ ।

राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुल्ला कुवाको पानी १९२ घरधुरी, एक हजार ४१३ घरधुरीलाई थोपा पानी, ३६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ । १२ हजार ४३० घरधुरी रहेको मुगुमा दुई हजार १०४ घरधुरीले घर भित्र पानी खाइरहेका छन् भने घरबाहिरको धारामा पाँच हजार ६७५ घरले पानी खाएको उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी तीन परिवारका र खुल्ला कुवाको पानी ४३ घरले, थोपा पानी चार हजार २४३ घरधुरीले, ३५० घरले खोलाको पानी, जार बोतलको एक, अन्य ११ परिवारले पानी प्रयोग गरिरहेको पाइएको छ ।

हुम्लामा ११ हजार २०४ घरधुरीमा दुई हजार २२३ घरधुरीले घरभित्र पाइपमार्फत् पानी प्रयोग गर्दछन् भने घर बाहिर परिसरमा सात हजार १५७ घरले पानी प्रयोग गरिरहेका छन् । जुम्लामा २४ हजार ४२२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्य नौ हजार ८८६ रहेको छ । १० हजार ३३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुल्ला कुवाको पानी ४४ घरले पिउने गरेका छन् । थोपाको पानी ३८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन् । नदी खोलाको २१४ घरले पानी पिउछन् ।

अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताइन् । कालिकोटमा २६ हजार ७२० घरधुरी मध्य ६ हजार २९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेको छन भने परिसर बाहिरका १३ हजार ५९५ घरधुरीले पानी प्रयोग गर्दछन । टयुववेलको पानी १ घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी २३७ घर, थोपाको पानी ६३ सय ६० घरधुरी, २२५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी एक घरले पिउने गरेका पाइएको छ ।

५४ हजार ५९४ घर भएको दैलेखमा १८ हजार ६७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८०३ घरधुरीले पानी प्रयोग गर्दछन् । ५३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी १२५४ घरघुरीले पानी पिउँछन् । आठ हजार ९३१ घरधुरीले थापाको पानी प्रयोग गरिरहेका छन् । नदी खोलाको पानी ३०० घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन् ।

जाजरकोटमा ३७ हजार ४५३ घरधुरीमध्ये १३ हजार १५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घरको परिसरबाहिर १८ हजार ३१२ घर, बन्दकुवाको पानी ६४, खुल्ला कुवाको पानी ३८२, थोपा पानी पाँच हजार ४४, ३५३ परिवारले खोलाको, २१ परिवारले जार, १२३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । ३७ हजार २९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकोमा घरबाहिर परिसरमा १८ हजार ९८६ परिवार रहेका छन् । १९ ढाकिएको कुवामा र २९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ ।

त्यस्तै दुई हजार ६०८ परिवारले थोपाको पानी र १९५ परिवारले खोलाको पानी, जारको पानी आठ परिवार र अन्य १८ परिवारले विभिन्न स्रोतबाट पानी पिउने गरेका छन् । ५४ हजार ६७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ । त्यस्तै ६९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी एक हजार ६९७ परिवार, थोपा पानी ५ हजार ३८८ परिवार रहेको छ । ७२३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको संख्या ८२ रहेको छ ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८२२ घरधुरी रहेकोमा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७७० रहेकोमा घर बाहिर परिसरमा पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७६० रहेको छ । त्यस्तै एक हजार ६३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्दछन् । ६ हजार १८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट पाँच हजार ८२ घर, नौ हजार २८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको संख्या एक हजार ४६८ परिवार, ४२२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको संख्या ५२५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्