अर्थले गर्यो आर्थिक महिनामा डेढ करोडको रकमान्तर «

अर्थले गर्यो आर्थिक महिनामा डेढ करोडको रकमान्तर

अर्थ रकमान्तर

सरकारले चालु आर्थिक बर्षको पहिलो महिनामा नै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै दुई करोड रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार चालु आर्थिक बर्षको साउन महिनामा सरकारले १ करोड ५५ लाख ७८ हजार ४ सय ३२ रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयले साउन महिनामा ७ वटा फाइलबाट प्रतिनिधिमण्डल भ्रमण तथा स्वागत खर्च, आर्थिक सहायता, भैपारी आउने खर्च लगायतका नाममा यो रकम निकासा तथा रकमान्तर गरेको हो ।
मन्त्रालयले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले रसिया भ्रमण टिकट रद्द गरेकोसम्म लागि रकमान्तर निकासा दिएको छ । उद्योगमन्त्री यादव गत ११ जुलाइ, २०१९ मा विमारी परेका कारण रसिया भ्रमणको कार्यक्रम रद्द गर्नुभएको थियो । अर्थ मन्त्रालयले मन्त्रीले टिकट रद्द गरेकको दखि सो भ्रमण सहभागी जनाएका सहसचिवका लागि ३ लाख १३ हजार निकसा दिएको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि दश लाख रुपैयाँ रकमान्तर भएको छ । यस्तै, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगको लागि ४७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर भएको छ । मन्त्रालयले तीन वटा फाइलबाट १४ जनालाई आर्थिक सहायता शीर्षकमा ५५ लाख रुपैयाँ निकासा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्