वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने «

वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने

डायमण्ड स्टार फिल्म इन्टरटेनमेन्ट र भिसा पार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ । यस प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वल्र्ड मिस युनिभर्सिटिमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् ।
सन् १९८६ मा इन्टरनेसनल एसोसिएसन अफ युनिभर्सिटी प्रेसिडेन्टको मातहतमा स्थापना भएको वल्र्ड मिस युनिभर्सिटी विश्वमा शान्ति स्थायित्व कायम गर्न युएनले कल्पना गरेको प्रतियोगिता हो । यस प्रतियोगिताको मुख्य उद्देश्य भनेको शान्ति र भातृत्व कायम गर्नु र प्रेम बाँड्नु हो । संयुक्त राष्ट्र संघले स्थापित विश्व शान्ति वर्षको उपलक्ष्यमा बुद्धिमत्ता, उच्च नैतिक प्रतिष्ठा र शारीरिक सौन्दर्य र शक्तिसँग उत्कृष्ट महिला स्नातक छनौट गर्न विश्वविद्यालयमा अध्ययन गरिरहेका छात्राहरूलाई अवसर प्रदान गर्दै यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा जुरिको रूपमा विश्वविद्यालयका प्रतिनिधि, ब्यूटीसियन, ड्रेस डिजाइनर, व्यावसायिक मोडल लगायत रहनेछन् । यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् । केही दिनमा नै प्रतियोगिताको लागी औपचारिक रूपमा आवेदन खुल्ला गरिने र कार्यक्रम लगायतका बारेमा विस्तृत जानकारी सार्वजनिक गरिने डायमण्ड स्टार फिल्म इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत विकास खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्